काठमाण्डु – प्रतिनिधि सभा निर्वाचनको २७ निर्वाचन क्षेत्रको नतिजा प्राप्त हुँदा नेपाली कांग्रेसले ५ क्षेत्रमा जीत हात पारेको छ ।
यस्तै नेकपाले २ र नेकपा एमालेले एक स्थानमा मात्र जीत हात पारेको छ ।
कांग्रेसका तर्फबाट दैलेख–१ मा बासना थापाले १२ हजार ३ सय ७२ मत ल्याएर विजयी भएकी हुन् । मनाङ–१ मा टेकबहादुर गुरुङले २ हजार ४ सय १५ मत ल्याएर निर्वाचन जितेका हुन् ।
मुस्ताङमा योगेश थकालीले ३ हजार ३ सय ७ मत र रसुवामा मोहन आचार्यले १० हजार ६ सय ५६ मत ल्याएर विजयी भएका हुन् ।
त्यस्तै तेह्रथुम कांग्रेसका सन्तोष सुब्वाले ११ हजार ५ सय ६१ मत ल्याएर विजयी भएका छन् ।
२०७९को निर्वाचनमा ७८ सिट ल्याएको एमालेले अहिलेसम्म एक ठाउँमा मात्र विजयी भएको छ ।
निर्वाचनको मुखमा एमाले प्रवेश गरेका मोहम्मत इश्तियाक राई बाँके २ बाट निर्वाचित भएका छन् । राईको जितसँगै एमालेले पहिलो खाता खोलेको छ ।
उनले २४ हजार ६ सय २८ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका विवेक कुमार श्रेष्ठलाई परााजित गरेका छन् । श्रेष्ठले १८ हजार ६ सय ८२ मत ल्याएका छन् ।
यसैगरी रुकुमपूर्वबाट नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धीहरूभन्दा झन्डै तीनगुणा बढी मत ल्याउँदै विजय हासिल गरेका हुन् । प्रचण्डले १० हजार २४० मत प्राप्त गरेका छन् ।
यस्तै कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही विजयी भएका छन् ।
उनी ११ हजार ३३८ मतसहित निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका नगिन्द्र शाहीले १० हजार ३ सय ५२ मत ल्याए ।




प्रतिक्रिया