भक्तपुर-१ मा नेमकिपाको गढ भत्कियो, रास्वपाका रुकेश रन्जित विजयी

भक्तपुर-१ मा नेमकिपाको गढ भत्कियो, रास्वपाका रुकेश रन्जित विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुकेश रन्जितले भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को गढ भत्काएका छन् ।

उनी ३३,४३६ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाले २८,१४७ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका किरण न्यौपाने ४,२८२ र एमालेका सोम प्रसाद मिश्र ३,७२१ मत प्राप्त गरे।

यस अगाडि नेमकिपाका सुवालले निरन्तर जित्दै आएका थिए।