रुपन्देही–२ : चार पटक चुनाव जित्दै आएका एमाले उपाध्यक्ष पौडेल पराजित, रास्वपाका सुलभ खरेल विजयी

रुपन्देही–२ : चार पटक चुनाव जित्दै आएका एमाले उपाध्यक्ष पौडेल पराजित, रास्वपाका सुलभ खरेल विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रुपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेल विजयी भएका छन्।

खरेलले पोडेललाई ४२ हजार ६२५ मतान्तरले पराजित गरेका हुन् ।

एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई पराजित गर्दै खरेल विजयी भएका हुन्।

२०५६ सालदेखि रुपन्देहीमा चुनाव लड्दै आएका पौडेलले २०६४, २०७०, २०७४ र २०७९ सालमा लगातार जित हासिल गरेका थिए।

खरेलले ५४ हजार ९२७ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी पौडेलले १२ हजार ३०२ मत प्राप्त गरे।

नेपाली कांग्रेसका चुन्न प्रसाद पौडेलले ९ हजार १६ मत पाए।