पर्सा-१ र बारा-३मा रास्वपाका उम्मेदवार निर्वाचित

पर्सा-१ र बारा-३मा रास्वपाका उम्मेदवार निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पर्सा–१ र बारा–३मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरू विजयी भएका छन् ।

दुईपल्ट सांसद र तीनपटक मन्त्री बनेका प्रदीप यादवलाई फराकिलो मतान्तरले हराउँदै पर्सा–१ मा रास्वपाका बुद्धिप्रसाद पन्त विजयी भएका छन् ।

उनले एमालेका उम्मेदवार यादवलाई १४ हजारभन्दा बढी मतान्तरले पछि पारेका हुन् ।

पन्तले २७ हजार २७४ मत प्राप्त गरे । उनका निकटम प्रतिस्पर्धी यादवले १३ हजार ३० मत ल्याए ।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार अनिल रुंगटाले ११ हजार ८८५ मत प्राप्त गरेका कार्यालयले जनाएको छ ।

यस्तै, बारा––३ मा पनि रास्वपाका उम्मेदवार अरविन्द साह विजयी भएका छन्।

साह ४० हजार ६ सय ९७ मतसहित निर्वाचित भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फर्मुल्लाह मन्सुरले १० हजार ५२ मत पाए।