समानुपातिक मतगणनामा कुन पार्टी पहिलो, रास्वपालाई कति मत ?

समानुपातिक मतगणनामा कुन पार्टी पहिलो, रास्वपालाई कति मत ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। हालसम्म सार्वजनिक भएका मतपरिणाम अनुसार प्रत्यक्ष र समानुपातिक मतमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ। अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाकै अग्रता छ।

रास्वपाको ११० बढी स्थानमा अग्रता छ । १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले २८ सिट, कांग्रेसले ६ सिट, एमालेले २ सिट, नेकपाले १ सिट र स्वतन्त्र उम्मेदवार महावीर पुनले एक सिट जितेका छन्।

रास्वपा ८९ सिटमा अग्रता लिँदा एमाले, कांग्रेस र नेकपा लगभग १०/१० सिटमात्र अग्रता लिएका छन्।

समानुपातिकतर्फ ७५,१५३ मत गणना गर्दा रास्वपाले ५७ प्रतिशत र कांग्रेसले ११, एमाले र राप्रपाले ८ प्रतिशत मत प्राप्त गरेका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ४२०४० मत, नेपाली कांंग्रेसको १२५५३, एमालेले ७१३८ मत प्राप्त गरेका छन्। यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५१९२, नेपाली कम्युनिष्ट पार्टीले ३१६४, श्रम संस्कृति पार्टीले १५३९ मत प्राप्त गरेको छ।