बालेनले ल्याए ४२ हजार ५४३ मत, केपी ओलीको भागमा कति ?

बालेनले ल्याए ४२ हजार ५४३ मत, केपी ओलीको भागमा कति ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– झापा– ५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाह तीन गुणा मतले अग्रता कायम राखेका छन् ।

उनले पछिल्लो परिणाम अनुसार आफना निकटतम प्रतिस्पर्धीभन्दा ३१ हजार ११६ मतले अगाडि छन् ।

पछिल्लो मतपरिणाम अनुसार बालेनले ४२ हजार ५४३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११ हजार ४२७ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसकी मंधरा चिमरियाले १२०२, श्रम संस्कृतीका समिर तामाङले ७१०७ मत प्राप्त गरेका छन् ।

त्यहाँ ६७ हजार ८५५ मत गनिसकिएको छ भने ३८ हजार ५१७ मत गन्न बाँकी रहेको छ ।