काठमाण्डु – सिन्धुली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल निर्वाचित भएका छन् ।
गजरेलले १७ हजार ९४० मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल (राजन)ले १४ हजार ७८० मत प्राप्त गरेका छन् ।
दाहाल सोही क्षेत्रका निर्वाचित निवर्तमान सांसद हुन् । तत्कालिन माओवादीको गढका रूपमा रहेको सिन्धुली–२ मा रास्वपाले जित हात परेको हो ।
एमालेका उम्मेदवार मनोजजंग थापा तेस्रो भएका छन् । उनले ११ हजार ६०६ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसकी सुशीला थिङ ६ हजार ७६० मतसहित चौथो भएकी छन् ।
यस्तै स्वतन्त्र उम्मेदवार महेश्वर दाहालले ५ सय ८६ मत प्राप्त गरेका छन् ।




प्रतिक्रिया