काठमाण्डु– अछाम-१ बाट नेपाली कम्युनिस्ट पार्टीका भीम रावल पराजित भएका छन् । नेपाली कांग्रेसका नेता भरतबहादुर स्वाँरसँग ५२६ मतले पराजित भएका हुन् ।
स्वाँरले १० हजार ७५९ मत प्राप्त गरेका छन् भने रावलले १० हजार २३३ मत पाएका छन् ।
एमालेका उम्मेदवार दीपकबहादुर साउद सात हजार ३८९ मत ल्याएर तेस्रो भएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले एक हजार ७३९ मत ल्याएर चौथो भएका छन् ।




प्रतिक्रिया