अब नेपाली जनताको सुखको दिन आउँदैछ : तोसिमा कार्की

अब नेपाली जनताको सुखको दिन आउँदैछ : तोसिमा कार्की

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार तोसिमा कार्की निर्वाचित भएकी छन् ।

उनले ४३ हजार ९६ मत प्राप्त गर्दै ३४ हजार ५१ मतान्तरले विजय हासिल गरेकी हुन् ।

निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै तोसिमाले आफ्नो जीतलाई जिम्मेवारीको रूपमा लिएको भन्दै काम गरेर देखाउने बताइन् ।

‘आज देशभरबाट जनताको जीत भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी वा म तोसिमाले मात्र हैन, सम्रग मेरो पार्टीले यो जीतलाई जिम्मेवारीको रूपमा लिएको छ,’ उनले भनिन्, ‘नेपाली जनताको अब सुखको दिन आउँदैछ । धैर्य गर्नुहोला, हामी काम गर्छौँ, काम गरेर देखाउन चाहन्छौँ ।’

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत ल्याउँदा नेकपाका राजकाजी महर्जनले ६०२२ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका सन्दन थापा मगरले ३ हजार २९७ मत प्राप्त गर्दा राप्रपाका सबिनकुमार खड्काले २ हजार ३७ मत ल्याए । श्रम संस्कृति पार्टीका ऋतुवर्तन राई १ हजार ४७२ मत प्राप्त गर्दा उज्यालो नेपाल पार्टीका विजय पन्तले १ हजार ३२० मत ल्याएका छन् ।