डडेल्धुराबाट रास्वपा उम्मेदवार तारा जोशी विजयी

डडेल्धुराबाट रास्वपा उम्मेदवार तारा जोशी विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लामो संसदीय इतिहासमा नेपाली कांग्रेसबाट निवर्तमान सभापति शेरबहादुर देउवाले जित्दै आएको डडेल्धुरा निर्वाचन क्षेत्रबाट यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार नैनसिंह महरलाई पराजित गर्दै जोशी निर्वाचित भएका हुन् । जोशीले १९ हजार १३१ मत पाउँदा महरले १२ हजार १२१ मत पाएका छन् ।

डडेल्धुरामा नेकपाका मानसिंह मालले ६ हजार ८३४, एमालेका चक्र स्नेहीले २ हजार ९२६ र राप्रपाका गोविन्द खडायतले ८८२ मत पाएका छन् ।