समानुपातिकतर्फ मतगणना जारी रहँदा रास्वपा ३० लाख मतनजिक, कांग्रेसलाई १० लाख

समानुपातिकतर्फ मतगणना जारी रहँदा रास्वपा ३० लाख मतनजिक, कांग्रेसलाई १० लाख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ३० लाख मतनजिक पुगेको छ ।

निर्वाचन आयोगको तथ्यांकअनुसार घण्टी चुनाव चिह्न भएको रास्वपाले २९ लाख ८० हजार ३८२ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १० लाख २२९ मत पाएको छ । तेस्रो स्थानमा रहेको नेकपा एमालेले ८ लाख ६३ हजार २७ मत प्राप्त गरेको छ ।

समानुपातिकतर्फ चौथो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टीले ४ लाख १७ हजार ६५१ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ लाख १२ हजार ७२४ मत ल्याएको छ भने श्रम संस्कृति पार्टीले १ लाख ६५ हजार ७९० मत पाएको छ ।