प्रत्यक्षतर्फ ४ क्षेत्रको नतिजा आउन बाँकी, रास्वपालाई १२४ सिट

प्रत्यक्षतर्फ ४ क्षेत्रको नतिजा आउन बाँकी, रास्वपालाई १२४ सिट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ ।

मतगणना अन्तिम चरणमा पुग्दा देशैभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि रहेको छ । रास्वपाले अहिलेसम्म १२४ स्थानमा विजयी भएको छ । यस्तै नेपाली कांग्रेसले १७, एमालेले ८ र नेपाली कम्युनिस्ट पार्टीले ७ सिट जितेका छन् ।

यस्तै श्रम संस्कृति पार्टीले ३ सिट र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेका छन् भने १ ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

मतगणना भइरहेका क्षेत्रमध्ये गोरखा–१ मा रास्वपाका सुदन गुरुङ, इलाम–१ मा कांग्रेसका निश्कल राई र सङ्खुवासभा–१ मा एमालेका अर्जुनकुमार कार्कीले अग्रता लिएका छन् ।

धनुषा–१ मा रास्वपाको उम्मेदवारी खारेज गरिएकाले त्यहाँको मतपरिणामलाई आयोगले औपचारिक विवरणमा समावेश गरेको छैन ।