खुलेको १ मिनेटमै सेयर बजारमा सर्किट ब्रेक

खुलेको १ मिनेटमै सेयर बजारमा सर्किट ब्रेक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिनिधिसभाको निर्वाचन पछि खुलेको सेयर बजारमा सर्किट ब्रेक लागेको छ ।

कारोबार सुरु भएको १ मिनेटमै पहिलो सर्किट ब्रेक लागेको हो । बजार १०८ अंक (४ प्रतिशत) ले बढेर कारोबार २० मिनेटका लागि स्थगित गरिएको छ ।

यस अवधिमा १८ करोडको कारोबार भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचण्ड बहुमत ल्याएपछि राजनीतिक स्थिरता हुने अपेक्षाले लगानीकर्ताको मनोबल उच्च हुँदा सोमबार खुलेको शेयर बजारमा सुरुवातमै तीव्र उछाल देखिएको हो ।

लगानीकर्ताहरूले नयाँ सरकारबाट नीतिगत स्थिरता आउने र त्यसले अर्थतन्त्रमा सुधार ल्याउने अपेक्षा गरेपछि बजारमा खरिद चाप बढेको विश्लेषकहरू बताउँछन् । यही कारण बजार खुल्नासाथ अधिकांश कम्पनीहरूको मूल्य उच्च दरमा बढेको देखिएको छ ।