काठमाण्डु– चुनावपछिको पहिलो कारोबारमा सेयर बजारमा लगातार तेस्रो पटकसम्म सर्किट लागेको छ । तेस्रो पटक सर्किट लागेसँगै आजका लागि कारोबार बन्द गरिएको छ ।
नेप्से ६ प्रतिशतले बढेर १६२.९३ अंकमा कायम भएको छ । यस अवधिमा ५५ करोडको कारोबार भएको छ ।
कारोबारको १ मिनेटमै ४ प्रतिशत नेप्से बढेपछि पहिलो सर्किट लागेर २० मिनेटका लागि बन्द भएको थियो।
त्यसपछि पुन ११ बजेर २१ मिनेटमा पुन ५ प्रतिशतले नेप्से बढेर बजारमा दोस्रो सर्किट लागेको थियो। दोस्रो सर्किटपछि बजार ४० मिनेटका लागि बन्द भएको थियो।
पुनः तेस्रो पटक १२ बजेर १ मिनेटमा खुलेको बजार एक मिनेटमै तेस्रो सर्किट लागेर बन्द भएको हो।




प्रतिक्रिया