भुटानका प्रधानमन्त्री तोब्गेले बालेन र रविलाई दिए बधाई

भुटानका प्रधानमन्त्री तोब्गेले बालेन र रविलाई दिए बधाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले नेपालको आमनिर्वाचनमा विजय भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन् ।

उनले मंगलबार एक्स मार्फत लामिछाने र शाहलाई बधाई दिएका हुन् ।

तोब्गेले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा नेपालका जनतालाई पनि बधाई दिँदै नेपाल–भुटान मित्रता थप सुदृढ बनाउने अपेक्षा व्यक्त गरेका छन्।

उनले लेखेका छन् ”नेपालको आम निर्वाचनमा शानदार विजय हासिल गर्नुभएकोमा बालेन शाह र रवि लामिछानेलाई हार्दिक बधाई। सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकोमा नेपालका जनतालाई पनि बधाई दिन चाहन्छु। हाम्रो दुई देशबीचको न्यानो मित्रतालाई अझ सुदृढ बनाउँदै लैजान म उत्सुक छु।”