काठमाण्डुकाे वायु प्रदूषण उच्च, कहिले आउँछ सुधार ?

काठमाण्डुकाे वायु प्रदूषण उच्च, कहिले आउँछ सुधार ?

शतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डु उपत्यकासहित देशका विभिन्न स्थानमा पछिल्लो केही दिनयता देखिएको बाक्लो तुवाँलोका कारण वायु प्रदूषणको स्तर बढ्दै गएको छ । मौसम धुम्मिँदा आकाशमा प्रदूषणका कणहरू थुप्रिन थालेपछि वायुको गुणस्तर खस्किएको हो ।

वातावरणविद्हरूका अनुसार लामो समयदेखि वर्षा नहुनु, हावा कम चल्नु तथा सुक्खा मौसमका कारण प्रदूषणका कणहरू वायुमण्डलमै थुप्रिएर तुवाँलो देखिएको हो।

विज्ञहरूका अनुसार वर्षा वा बलियो हावा चलेमा मात्र वायुमण्डलमा जमेको धुलो र प्रदूषणका कणहरू हटेर वायुको गुणस्तरमा सुधार आउने सम्भावना रहेको छ ।

काठमाण्डु उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण अत्यधिक बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकलाई विशेष शतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन मन्त्रालयले अपिल गरेको हो ।