निर्वाचनमा रास्वपाको सफलताप्रति बेलायतद्वारा बधाई

निर्वाचनमा रास्वपाको सफलताप्रति बेलायतद्वारा बधाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालस्थित बेलायती दूतावासले हालै सम्पन्न ऐतिहासिक प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको सफलताप्रति हार्दिक बधाई ज्ञापन गरेको छ ।

दूतावासले एक सन्देश जारी गर्दै निर्वाचनको ऐतिहासिकता र रास्वपाको उदयलाई स्वागत गरेको हो ।

सन्देशमा भनिएको छ, ‘यस ऐतिहासिक निर्वाचनमा प्राप्त सफलताका लागि बेलायत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिन्छ ।’

बेलायतले निर्वाचनपछि गठन हुने नयाँ सरकारसँग घनिष्ठ सहकार्य गर्न आफूहरू उत्सुक रहेको समेत स्पष्ट पारेको छ । नेपाल र संयुक्त अधिराज्य (यूके) बिचको शताब्दीऔँ पुरानो सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै दूतावासले भनेको छ, ‘नेपालमा सरकार गठन भएपछि हामी आगामी ‘मैत्रीपूर्ण १०० वर्ष’को जग बसाल्न नयाँ सरकारसँग मिलेर काम गर्न तत्पर छौँ ।’