भारतीय प्रधानमन्त्री मोदीलाई नेपाली भाषामै बालेन शाहको जवाफ : सहकार्य गर्ने विश्वास

भारतीय प्रधानमन्त्री मोदीलाई नेपाली भाषामै बालेन शाहको जवाफ : सहकार्य गर्ने विश्वास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता तथा प्रस्तावित भावी प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको बधाई र शुभकामनाका लागि आभार व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीको टेलिफोन संवाद र सामाजिक सञ्जाल मार्फतको सन्देशको जवाफ दिँदै बालेनले नेपाल र भारतबिचको शताब्दीऔँ पुरानो ऐतिहासिक सम्बन्धलाई आगामी दिनमा थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री मोदीलाई सम्बोधन गर्दै बालेनले लेखेका छन्, ‘धन्यवाद छ शुभकामनाका लागि, सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू । नेपाल–भारतबिच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामीसँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु ।’

जवाफमा बालेनले राजनीतिक सम्बन्धका अलावा खेलकुदको माध्यमबाट पनि भारतलाई बधाई दिएका छन् । भारतले लगातार २ पटक विश्वकप क्रिकेटको उपाधि जितेको सन्दर्भलाई जोड्दै उनले भनेका छन्, ‘लगातार २ पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।’