पशु बजारबाट २१८ किलो गाँजासहित ट्रयाक्टर नियन्त्रणमा 

पशु बजारबाट २१८ किलो गाँजासहित ट्रयाक्टर नियन्त्रणमा 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–४ पशु बजारबाट सशस्त्र प्रहरी बलको टोलीले २१८ किलो गाँजासहित एउटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।

जिल्लाको सुपौलिबाट जगरनाथपुरतर्फ जाँदै गरेको मे१त ५७१४ नम्बरको ट्रयाक्टरमा परालले छोपी लैजाँदै गरेको २२ वटा पोकामा रहेको गाँजा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साले नियन्त्रणमा लिएको हो ।

गाँजा ल्याउने व्यक्ति तथा ट्रयाक्टर चालक गस्तीमा रहेको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथ ट्रयाक्टर तथा गाँजा सोही ठाउँमा छाडी फरार भएका थिए ।

बरामद गाँजा तथा ट्याक्टर आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।