समानुपातिक गणना अन्तिम चरणमा, रास्वपालाई ५१ लाख, कांग्रेसले पायो १७ लाख

समानुपातिक गणना अन्तिम चरणमा, रास्वपालाई ५१ लाख, कांग्रेसले पायो १७ लाख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मत गणना अन्तिम चरणमा पुगेको छ । निर्वाचनको मतगणना जारी रहँदा प्रत्यक्ष र समानुपातिकमा सबैभन्दा अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको छ।

बुधबार बिहान ७ बजेसम्म समानुपातिकतर्फ १ करोड ७ लाख ३० हजार ५५१ मतगणना सम्पन्न भएको छ। निर्वाचनमा प्राप्त मतअनुसार ६ वटा पार्टीले तीन प्रतिशत थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बनेका छन्।

निर्वाचन आयोगका अनुसार रास्वपाले ५१ लाख ३५ हजार ६२१ मत पाएर पहिलो दल बनेको छ। त्यस्तै दोस्रोमा कांग्रेसले १७ लाख ४७ हजार ७३७, तेस्रोमा नेकपा एमालेले १४ लाख ४८ हजार ३१८, नेपाली कम्युनिस्ट पार्टीले ८ लाख ३ हजार ६२७ प्राप्त गरेको छ।

निर्वाचनको केही दिन अगाडि मात्र खुलेको श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ५८७ मत प्राप्त गर्दै राष्ट्रिय दल बनेको छ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ७८ हजार ५८७ मत ल्याएको छ। मधेश केन्द्रित लगायतका अन्य दलले थ्रेस होल्ड कटाउन सकेका छैनन्।

निर्वाचन आयोगले प्रत्यक्षतर्फ पनि सबैभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीले १२५ सिट जितेको जनाएको छ। दोस्रोमा नेपाली कांग्रेसले १८, तेस्रोमा नेकपा एमालेले ९, नेपाली कम्युनिस्ट पार्टीले ८, श्रम संस्कृति पार्टीले ३, राष्ट्रिय स्वतन्त्र पार्टीले १ र एक जना स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी भएका छन्।