काठमाण्डु – संयुक्त राष्ट्रसंघले आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव पारित गरेको छ ।
राष्ट्रसंघीय महासभाले नेपालको प्रस्ताव पारित गरेपछि अब विश्वका विभिन्न देशमा हरेक वर्ष अप्रिल १५ तारिखमा आरोग्य दिवस मनाइनेछ ।
राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले आरोग्य दिवससम्बन्धी नेपालको प्रस्ताव पारित हुनु महत्त्वपूर्ण कूटनीतिक उपलब्धि रहेको बताए । उनले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा नेपालले जोड दिएको बताए ।
नेपालले गरेको प्रस्तावमा स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख छ ।




प्रतिक्रिया