भारतमा खाना पकाउने ग्यासको हाहाकार, ६० रुपैयाँ भाउ बढ्यो

भारतमा खाना पकाउने ग्यासको हाहाकार, ६० रुपैयाँ भाउ बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतमा खाना पकाउने ग्यासको हाहाकार भएको छ । ग्यास नपाउँदा सर्वसाधारण तथा उद्योगीहरू प्रभावित भएका छन् । ग्यासका डिपोहरूमा मानिसको लाइन लागेको छ ।

पश्चिम एसिया (मध्य पूर्व) मा बढ्दो तनावका कारण भारतमा एलपीजी ढुवानीमा ढिलाइ हुँदा घरेलु बजारमा ग्यासको अभाव देखिएको हो।

आपूर्तिमा आएको गिरावटकै बिच सरकारले ७ मार्चदेखि लागू हुने गरी ग्यासको मूल्यमा समेत भारी वृद्धि गरेको छ। घरेलु ग्यास सिलिन्डरमा ६० रुपैयाँ र कमर्सियल सिलिन्डरमा ११५ रुपैयाँ मूल्य बढाइएको छ।  मध्य प्रदेशमा सिलिन्डरको मूल्य भारु १,७७३ बाट बढाएर १,८८८ पुर्‍याइएको छ।

पश्चिम एसिया (मध्य पूर्व) मा बढ्दो तनावका कारण भारतमा एलपीजी ढुवानीमा ढिलाइ हुँदा घरेलु बजारमा ग्यासको अभाव देखिएको हो। भारतका १० वटा ठुला राज्यहरूमा व्यावसायिक ग्यासको आपूर्तिमा पूर्ण रोक लगाइएको हो। 

ग्यास अभावले होटल तथा पर्यटन क्षेत्र संकटमा धकेलिएको छ । सरकारले एलपीजी ग्यास वितरणमा अस्पताल, शैक्षिक क्षेत्रलगायत आपकालीन प्रयोजनलाई प्राथमिकतामा राखेको छ ।

बेंगलुरु, दिल्ली, हैदरावाद र मुम्बईजस्ता ठूला सहरका रेस्टुरेन्टहरूले ग्यास अभावले संकेट सामना गरिरहेका छन् ।

होटल व्यवसायीहरूले अस्थायी रुपमा व्यवसाय बन्द गर्ने, कार्य सञ्चालन घटाउनेलगायत काम गरेका छन् । व्यवसायीहरुले ग्यासको धेरै ठूलो भण्डारण नगर्ने भएकलो यस्तो समस्या देखिएको हो ।

स्विग्गी, जोमाटोजस्ता फुड डेलिभरी प्लेटफर्महरूमा पनि असर देखिएको छ । सरकारले कालोबजारी रोक्न र आपूर्ति सहज बनाउन विभिन्न कदम चालिएको बताएको छ ।

देशभित्रका रिभाइनरीहरुलाई एलपीजी उत्पादन बढाउन निर्देशन दिइएको छ । खाना पकाउने ग्यास वितरण गर्ने क्रममा ठूलो उद्योगीभन्दा सर्वसाधारणलाई प्राथमिकतामा राख्न सरकारले आदेश जारी गरेको छ ।

भारतमा वार्षिक झण्डै ३१।३ मिलियन टन एलपीजी खपत हुन्छ । जसको झन्डै ६२ प्रतिशत आयात गरिएको हुन्छ । यीमध्ये धेरैजसो आयात सामान्यतया पश्चिम एशियाबाट हर्मुजको घाँटी हुँदै आउँछ ।

हर्मुजको बाटो अवरुद्ध भएसँगै पश्चिम एशियाका तेल उत्पादक देशहरुले पनि आफ्नो उत्पादन घटाउन थालेका छन् । इराकले आफ्नो दक्षिणी तेलखानीमा उत्पादन करिब ७० प्रतिशतले झारेर १।३ मिलियन ब्यारेल प्रतिदिन उत्पादन गरेको छ ।

कुवेत पेट्रोलियम कर्पोरेशनले पनि आपतकाल घोषणा गरेर उत्पादन घटाउन सुरु गरेको छ ।

पश्चिम एशियामा जारी यस तनावले भारतलाई एलपीजी ग्यासका लागि नयाँ विकल्प खोज्नुपर्ने अवस्थामा पुर्‍याएको छ । भारतीय अधिकारीहरुले अल्जेरिया, अस्ट्रेलिया, क्यानेडा,नर्वेलगायत देशबाट ग्याँस ल्याउने विषयमा छलफल गरिरहेका छन् ।