काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि अभिमुखीकरण तालिम सुरु भएको छ।
ग्वार्कोको होटल रोयल दुलिपमा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेले घण्टी बजाएर प्रशिक्षणको उद्घाटन गरेका हुन्।
अभिमुखीकरणमा पार्टीले जनतामाझ गरेको ‘करार’का विषयवस्तुबारे पनि प्रशिक्षण दिइनेछ । देशको वर्तमान अवस्था, पार्टीको बाचा, जिम्मेवारी र सांसदको भूमिकाबारे सांसदहरूलाई प्रशिक्षण दिइने विषय राखिएको छ ।
दुईदिने योे अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारी र पार्टीले अबलम्बन गर्नुपर्ने नीति लगायतका बारे जानकारी गराइने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक निर्वाचनमा १८२ सिट हासिल गरेको छ ।
यस्तो छ कार्यसूची






प्रतिक्रिया