काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्यालले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई अभिमुखीकरण कार्यक्रममा सहभागी गराउने प्रयास भइरहेको बताएका छन् ।
अभिमुखीकरण उद्घाटनमा बोल्दै उपसभापति अर्यालले सभापति र वरिष्ठ नेता कार्यव्यस्तताको कारणले कार्यक्रममा उपस्थित हुन नसकेको बताउँदै समापनअघि सम्भव भएसम्म ल्याउने प्रयास गर्ने बताएका हुन् ।
उनले भने, दुवै जनाको स्वास्थ्य स्थिति र कार्यव्यस्तताको कारणले उहाँहरू उद्घाटन सत्रमा आउन सक्नुभएको छैन।उहाँहरूलाई सम्भव भएसम्म भोलि कार्यक्रम समापन हुनुअघि उपस्थित गराउँछौँ।’
अभिमुखीकरणमा सभापति लामिछानेले समापन सम्बोधन गर्ने कार्यतालिका छ ।
रास्वपाको सांसद अभिमुखीकरण तालिम सुरु, यस्ता छन् २ दिने कार्यसूची




प्रतिक्रिया