काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले दिएको जिम्मेवारी महसूस गरेर काम गर्नुपर्ने बताएका छन्।
सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले जनताले दिएको जिम्मेवारी महसूस गर्दै सम्हालिएर काम गर्नुपर्ने बताएका हुन् ।
जनताले अब २६ दिन पनि नकुर्ने भन्दै उनले भने ‘जनताले पुराना दललाई ३५ वर्ष कुरे। हामीलाई २६ महिना, २६ दिन पनि कुर्ने वाला छैनन्। यो कुरा ध्यान दिनुहोला।
यस्तै उनले सांसदहरुलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन निर्देशन दिए ।
‘सक्नुहुन्छ भने सकेसम्म सरकारी अस्पतालमा उपचार गराउनुस् । सेवालाई चुस्त बनाउनुस् । म बाध्यकारी भन्दिनँ,’ उनले भने ।
लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट राई, लिम्बू समुदायको प्रतिनिधित्व नभएकोमा माफी मागेका छन् ।‘म दुखका साथ क्षमायाचना गर्दै भन्छु, हाम्रो पार्टीभित्र राइ लिम्बू समुदायको प्रतिनिधित्व यसपटक प्रतिनिधिसभामा हुन सकेन,’ रविले भनेका छन्, ‘म सभापतिको हैसियतमा क्षमा माग्दै भन्छु, आगामी दिनमा समावेशीताको यो महत्त्वपूर्ण कडीलाई प्राथमिकताका साथ अघि राख्नेछु ।’
यस्तै उनले आजको दिनसम्म मन्त्रिपरिषद्को कुनै पनि टुंगो नलागेको जानकारी गराए ।
‘अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैन । हामीले तपाईंहरू सबैलाई चिनेका छौं । बलियो मन्त्रिपरिषद् बनाउँछौं,’ रविले भने ।




प्रतिक्रिया