कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ६ गते बस्ने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चैत ६ गते बस्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसले आगामी चैत ६ गते शुक्रबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगर ललितपुरमा दिउँसो १ बजे बैठक बस्ने तय भएको हो ।

पार्टीका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बुधबार विज्ञप्ति जारी गर्दै बैठकबारे जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरूका साथै सातै प्रदेशका सभापतिहरूलाई उपस्थित हुन निर्देशन दिइएको छ ।