काठमाण्डु– कम्बोडियाबाट थप २० नेपालीलाई उद्धार गरी स्वेदश फर्काइएको छ। कम्बोडियामा अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएका र बिना भिसा बसिरहेका २० नेपालीलाई स्वदेश फर्काइएको हो ।
थाइल्यान्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी उनीहरुलाई बिहीबार स्वदेश फर्काइएको हो।
दूतावासका अनुसार उद्धार गरिएकाहरु अनलाइन स्क्यामिङ केन्द्रहरू, अनलाइन ठगी गर्ने क्यासिनोहरू र अन्य विभिन्न गैरकानुनी काममा लगाइएका र विनाभिसा बसिरहेका व्यक्तिहरु रहेका छन् ।
कम्बोडियामा कठिन अवस्थामा रहेका नेपालीहरुलाई बैंककस्थित दूतावास वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरु (शिवराज पराजुली +855 12 215 578, लालसिहं खडका +855 93 203 666, रामजीकुमार क्षेत्री +855 96 346 5788 )लाई सम्पर्क गर्न पनि आग्रहर गरिएको छ ।
कम्बोडियाको पर्यटनसम्बन्धि तथ्याङ्क अनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपालीहरु भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा १९७७ जना, सन् २०२३ मा २९४० जना, सन् २०२४ मा ६, ४०४ जना तथा सन् २०२५ मा ९, ६७6 जना नेपालीहरू कम्बोडिया पुगेका छन् ।
नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्डलगायतका मुलुकमा भ्रमणको बहानामा वैदेशिक रोजगारीमा नआउन पनि राजदूतावासले सबैमा अनुरोध गरेको छ।





प्रतिक्रिया