राजेश हमाललाई ल्याएर फिल्म बनाउने भन्दै १३ लाख कुम्ल्याउने पालिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

राजेश हमाललाई ल्याएर फिल्म बनाउने भन्दै १३ लाख कुम्ल्याउने पालिका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अछामको ढकारी गाउँपालिकाका अध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार चलचित्र बनाउने भन्दै बजेट दुरुपयोग गरेको अभियोगमा पालिका अध्यक्ष प्रकाशबहादुर साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण शाह र लेखापाल विमल साउदविरुद्ध मुद्दा दायर गरेको हो ।

यस्तै आरजे ट्वान्टी फोर न्यूज एवं नव इन्द्रेणी फाउण्डेशन काठमाण्डुका अध्यक्ष रामजी लम्सालविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

राजेश हमालको निर्देशनमा ‘अन्धपथ’ नामक चलचित्र बनाउने भन्दै नियमविपरीत १५ लाख सम्झौता गरेर पौने १३ लाख भुक्तानी दिइएको पाइएको हो ।

चारैजनाबाट जनही १२ लाख ७७ हजार २५० रूपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।