रास्वपाभित्र सरकार गठनको गृहकार्य, शीर्ष नेताहरूबिच भेटवार्ता

रास्वपाभित्र सरकार गठनको गृहकार्य, शीर्ष नेताहरूबिच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पार्टीका औपचारिक बैठक र कार्यक्रममा सहभागी नभएका भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह ‘बालेन’सहित रास्वपा शीर्ष नेताहरू सरकार गठनको छलफलमा जुटेका छन् ।

बुधबार रास्वपाको प्रशिक्षण कार्यक्रम सकिएपछि बिहीबार सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबिच सामूहिक भेटवार्ता भएको छ ।

रास्वपाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झण्डै दुईतिहाइ बहुमत ल्याएपछि एकल बहुमतको सरकार गठन हुनेछ । बिहीबारै निर्वाचन आयोगले चुनावी परिणामको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइसकेको छ । अब सांसदलाई शपथग्रहण कार्यक्रम भएपछि नयाँ सरकार गठन हुनेछ ।