प्रधानमन्त्री कार्कीका २ सल्लाहकारले दिए राजीनामा

प्रधानमन्त्री कार्कीका २ सल्लाहकारले दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका २ सदस्यले राजीनामा दिएका छन् । मुख्य सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायणले राजीनामा दिएका हुन्।

खनाल र तिमिल्सिनाले केही दिन अघि नै राजीनामा दिएको स्रोतले बताएको छ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएश्चात उनीहरुले राजीनामा दिएका हुन् ।

सल्लाहकार गोविन्द नारायणले सामाजिक सञ्जालमार्फत आफूले चैत्र २ गते नै राजीनामा दिएको बताएका छन् । उनले प्रधानमन्त्री कार्कीप्रति आभार प्रकट समेत गरेका छन् ।

उनले लेखेका छन् ‘अभूतपूर्व कठिन परिस्थितिमा पनि समस्त नेपालीको आशापुञ्ज बनेर हामीलाई बिश्वाश र नेतृत्व गर्नु हुने सम्माननीय प्रधानमन्त्री सुशिला कार्की प्रति कृतज्ञता व्यक्त गर्दछु । यहाले मलाई सिक्ने ठुलो अवसर दिनु भो, म एक सफल महिला प्रधानमन्त्रिको बिद्यार्थी बन्न पाए, अत्यन्तै खुशी छु किनकी त्यो बिरलै अनुभव थियो । प्रधानमन्त्री सुशिला कार्कीले मलाई दिनुभएको महत्वपूर्ण भूमिका निर्वाह गरे पश्चात, मैले गत चैत्र २ गते सम्माननीय प्रधानमन्त्रीको जन-सम्पर्क सल्लाहकारको भूमिकाबाट सम्माननीय प्रधानमन्त्रीज्यु समक्ष राजिनामा पेश गरेको छु।’

चैत १३ गते रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्तिको तयारी भइरहेको छ ।