आज विश्व कविता दिवस मनाइँदै

आज विश्व कविता दिवस मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्व कविता दिवस शनिबार मनाइँदैछ । यस अवसरमा साहित्यिक कार्यक्रमको आयोजना गरी विश्व कविता दिवस मनाइँदै छ ।

दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ ।

सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले हरेक मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

चार हजार वर्षअघि बेबिलोनमा पहिलो कविता रचना भएको मानिन्छ ।