रोशी खोलाको डाइभर्सन बग्दा बिपी राजमार्ग अवरुद्ध

रोशी खोलाको डाइभर्सन बग्दा बिपी राजमार्ग अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउपालिकामा रोशी खोलाले डाइभर्सन बगाउँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।

वर्षाका कारण अस्थाीय रुपमा सञ्चालन भएको डाइभर्सन बगाएपछि बिपी राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी कोमल शाहका अनुसार बीपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा पर्ने रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुङ्गामा बनाइएको अस्थायी डाइभर्सन रोशी खोलाले बगाएको हो ।

‘निर्माणको काम भइरहेकोले बिपी राजमार्गको धेरै खण्ड रोशी खोलाको किनारमा अवस्थित छ । उनका अनुसार सडक विभाग र स्थानीय तहसँगको समन्वयमा राजमार्ग खुलाउने कार्य भइरहेको छ ।

प्रहरीले राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न यात्रुहरुलाई अनुरोध गरेको छ । काभ्रेखण्डको सवारीसाधनहरुलाई भकुण्डे र कटुन्जेमा होल्ड गरिएको छ ।

त्यस्तै राजमार्ग अवरुद्ध भएपछि राजमार्गको सिन्धुली खण्ड भएर आउने सवारी साधनहरुलाई प्रहरी चौकी दुम्जा र जिल्ला प्रहरी कार्यालयको चेकपोष्टमा सवारी साधन होल्ड गरिएको छ ।