अवरुद्ध बीपी राजमार्ग खुल्यो

अवरुद्ध बीपी राजमार्ग खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काभ्रेको रोशी खोलाको पानी पस्दा अवरुद्ध भएको बीपी राजमार्ग खुलेको छ ।

बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका खण्डका केही ठाउँमा गएराति रोशी खोला पसेको थियो । रोशी खोलाको पानी पस्दा काभ्रेको चारसयबेशी, गिम्दी, बाउन्ने र कालढुङ्गामा सडक अवरुद्ध भएको थियोे ।

पहिरोले अवरुद्ध हेटौँडा र काठमाण्डुलाई जोड्ने कान्ति लोकपथ पनि खुलेको छ । कान्ति लोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेमा हिजो बेलुका पहिरो खसेको थियो ।