काठमाण्डु – काठमाण्डुको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ।
कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुशवाहाको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मृतक दुबै भारतीय नागरिक हुन् ।
बागमती प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट घाइते भएका उनीहरूको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
बसका चालक दोलखा घर भई कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।




प्रतिक्रिया