अवैध लागूऔषधसहित ९ जना पक्राउ

अवैध लागूऔषधसहित ९ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।

दाङको लमही नगरपालिका–४ शान्तिनगर बस्ने २० वर्षीय गुलाम हुसेनलाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८६० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लागूपदार्थ फेला पारी पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका–११ विराटनगर बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन १०० ग्रामसहित भारतको बिहार अररीया फारबिसगञ्ज–२५ बस्ने २५ वर्षीय बिपुल वर्मालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विराटनगर र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–१६ टेम्पो स्टेन अगाडिबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३०० ट्याब्लेट र डिकोलिक ३०० ट्याब्लेटसहित स्थानीय २२ वर्षीय आयुष गुरूङलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७ एम्पुल, फेनारगन ७ एम्पुल र बुप्रेनोर्फिन ७ एम्पुलसहित शुक्लागण्डकी नगरपालिका–२ कोत्रे बस्ने ३१ वर्षीय सागर गुरूङलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

इलामको इलाम नगरपालिका–८ सिंहबाहिनी डेरा गरी बस्ने माई नगरपालिका–५ घर भएका २० वर्षीय विवेक लिम्बु समेत ४ जनालाई अवैध लागूऔषध ब्राउनसुगर २८० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले बिबेकको कोठा तलासी गर्दा लागूपदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको छ ।

चितवनको खैरहनी नगरपालिका–१३ हर्नरी बस्ने २४ वर्षीय करन मर्दनियालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३२२ ट्याब्लेट र एनारगन ३३० ट्याब्लेटसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लागूऔषध फेला पारी पक्राउ गरेको छ ।

लागूपदार्थ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।