नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न अध्ययन समिति गठन

नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न अध्ययन समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को भ्रष्टाचार छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अध्ययन समिति गठन गरेको छ ।  

मन्त्रालयको सचिवस्तरीय निर्णयबाट ५ सदस्यीय अध्ययन समिति गठन गरिएको छ । अध्ययन समितिलाई ३० दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन म्याद दिइएको छ ।

नेपाल एयरलाइन्सको बेथिति र जहाजमा भएको भ्रष्टाचार लगायतको विषयमा प्रमाण संकलन, अध्ययन एवं छानबिन गरी कार्यान्वयनको कार्ययोजना सहितको प्रविनेदन बुझाउन कार्यादेश दिइएको छ ।

भ्रष्टाचारको छानबिन गर्न माग गर्दै प्रतिनिधि सभाका नवनिर्वाचित सांसद सुदन गुरुङले गत फागुन २८ गते ज्ञापनपत्र बुझाएका थिए । उनले जहाज खरिददेखि मर्मतसम्मका कार्यमा भ्रष्टाचार भएको भन्दै केही प्रमाण पनि बुझाएको जनाइएको छ ।