काठमाण्डु– सोमबार सेयर बजार सामान्य बढेको छ । यसदिन नेप्से ५ अंकले बढेर परिसुचक २९३६ मा पुगेको छ ।
यसदिन कारोबार रकम भने घटेको छ । हिजो २३ अर्बको कारोबार भएकामा आज १५ अर्ब ७८ करोडको कारोबार भएको छ ।
कारोबारमा आएका १०२ कम्पनीको मूल्य बढेको छ भने १५४ कम्पनीको घटेको छ । यस्तै ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा यसदिन कुमारी बैंक, नेशनल हाइड्रो, शिभम् सिमेन्ट, एन आर एन इन्फ्राइस्टक्चर, ङादी ग्रुप अगाडि रहे ।
यसदिन ६ कम्पनीको मूल्यमा सर्किट लागेको छ । साल्पा विकास, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रो, भुजुङ हाइड्रो, मनकामना इन्जिनेरीङ, होटल फरेस्ट इनको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।




प्रतिक्रिया