काठमाण्डु – दुई दिनदेखि लगातार वर्षा भएपछि त्रिवि क्रिकेट मैदानमा पानी जमेको छ। मैदानमा पानी जमेका कारण नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको खेल प्रभावित हुने सम्भावना बढेको छ।
मौसमविद् विनोद पोखरेलका अनुसार शनिबार दिउँसो २ बजेसम्म वर्षा हुन सक्ने पूर्वानुमान छ।
शनिबार पहिलो खेलमा दिउँसो साढे १२ बजे चितवन राइनोज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुने तालिका छ। त्यस्तै, दोस्रो खेलमा साँझ ५ बजे विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।
तर निरन्तर वर्षा र मैदानमा जमेको पानीका कारण खेल रद्द हुन सक्ने आशंका बढेको छ।
नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार खेल हुन नसके दुवै टोलीलाई १–१ अंक बाँडिने छ ।






प्रतिक्रिया