जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने अन्तिम तयारी

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने अन्तिम तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घटना र क्षतिबारे जाँचबुझ गर्न गठित कार्की आयोगको प्रतिवेदन सरकारले सार्वजनिक गर्ने भएको छ ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले नै आयोगको प्रतिवेदन सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको उच्च स्रोतले जनाएको छ ।

फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सकिएलगत्तै आयोगले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ । सरकारले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै देशका विभिन्न स्थानमा प्रदर्शन सुरु भएको छ ।

आयोगको प्रतिवेदनको काम–कारवाही नयाँ सरकारको जिम्मा लगाउने मनसाय सुशीला सरकारले राखे पनि दबाब बढेपछि सार्वजनिक गर्ने तयारी भएको हो । आयोगको प्रतिवेदनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायतलाई दोषी देखाएको चर्चा छ ।