नयाँदिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच पश्चिम एसिया (मध्यपूर्व) मा चर्किएको युद्ध र अस्थिरताका विषयमा गम्भीर विचारविमर्श भएको छ ।
राष्ट्रपति ट्रम्पको फोन कलपछि भएको संवादमा दुवै नेताले क्षेत्रीय शान्ति र स्थिरताका लागि चाल्नुपर्ने कदमबारे छलफल गरेका छन् ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै भारत पश्चिम एसियामा जारी तनावको न्यूनीकरण र जतिसक्दो चाँडो शान्ति पुनर्बहालीको पक्षमा रहेको स्पष्ट पारे । उनले युद्धग्रस्त क्षेत्रमा शान्ति स्थापना हुनु विश्वकै लागि हितकर हुने बताए ।
संवादका क्रममा प्रधानमन्त्री मोदीले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने ‘हर्मोज जलसन्धि’लाई खुला, सुरक्षित र पहुँचयोग्य बनाउनुपर्नेमा विशेष जोड दिए । विश्वको तेल र ग्यास आपूर्तिको प्रमुख मार्ग मानिने जलसन्धि बन्द हुँदा विश्व अर्थतन्त्रमै गम्भीर असर पर्ने भएकाले यसको सुरक्षालाई दुवै नेताले प्राथमिकतामा राखेका छन् ।
मोदी र ट्रम्पबिच आगामी दिनमा पनि शान्ति र स्थिरताका प्रयासहरूका लागि एकअर्काको सम्पर्कमा रहने र निरन्तर समन्वय गर्ने सहमति भएको छ ।




प्रतिक्रिया