करीब १७१ किलो गाँजासहित १ जना पक्राउ

करीब १७१ किलो गाँजासहित १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर – मनहरी गाउँपालिका–९ खरङगा हरियाली सामुदायिक जंगलको भित्री बाटोबाट अवैध लागूऔषध गाँजा करीब १७१ किलो २१ ग्रामसहित राक्सिराङ गाउँपालिका–४ सितताक बस्ने २० वर्षीय अक्कल प्रसाद स्याङतानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले भाबरबाट मनहरीतर्फ आउँदै गरेको बा१३च २०१४ नम्बरको गाडीलाई जाँच गर्दा २७ वटा प्याकेटमा रहेको गाँजा फेला पारी चालक अक्कल प्रसादलाई पक्राउ गरेको हो ।

गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।