काठमाण्डु – मध्यपूर्वमा बढ्दो द्वन्द्व चौथो हप्तामा चलिरहँदा लेबनानमा ११८ र कुवेतमा २०० भन्दा धेरै बालबालिकाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) ले जनाएको छ ।
युद्ध सुरू भएदेखि हरेक दिन औसत ८७ जना बालबालिका मारिएका वा घाइते भएका युनिसेफका उपकार्यकारी निर्देशक टेड चाइबानले बताइका छन् ।
उनले तत्काल शत्रुता अन्त्य, नागरिक पूर्वाधारको सुरक्षा र निर्बाध मानवीय पहुँच सुनिश्चित गर्न सम्बन्धित पक्षलाई आह्वान पनि गरेका छन् ।
युनिसेफले युद्ध लम्बिएमा मध्यपूर्वमा गहिरो सङ्कट उत्पन्न हुने चेतावनी दिएको छ । निर्दोश बच्चाहरूको मृत्युले नागरिकको विश्वास कमजोर भई वैज्ञानिक क्षमतामासमेत स्थायी क्षति पुग्ने युनिसेफले जनाएको छ ।
मध्यपूर्वमा हवाई क्षेत्र, यातायात, ढुवानी मार्ग र प्रमुख मानवीय सीमाहरूमा अवरोध र बन्दले आधारभूत सामान र औषधिहरूको उपलब्धता र मूल्यसहित मानवीय सञ्चालन र व्यावसायिक आपूर्ति शृङ्खलालाई असर गरिरहेको छ ।




प्रतिक्रिया