जिओ अटोमोबाइल्सले भारतको एमजी ब्रान्डका गाडी ल्याउने

जिओ अटोमोबाइल्सले भारतको एमजी ब्रान्डका गाडी ल्याउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आकाश गोल्छाको कम्पनी जिओ अटोमोबाइल्सले भारतको मोरिस ग्यारेज (एमजी) ब्रान्डका गाडी नेपाल ल्याउने भएको छ।

पारामाउन्ट मोटर्सले चीन र भारत दुवै देशबाट एमजीका गाडीहरू नेपाल ल्याएर बिक्री गर्दै आइरहेकोमा अब भारतबाट आउने एमजीका गाडीहरू गोल्छाको जिओ अटोमोबाइल्सले ल्याउने विषयमा मंगलबार जेएसडब्लु एमजी मोटर्स इन्डियासँग सम्झौता गरेको हो।

भारतबाट अहिले एमजी कोमेट, हेक्टर र विन्सर गाडी आयात भइरहेको छ । यी गाडी नेपाली बजारमा अब जिओ अटोमोबाइल्सेले बिक्री गर्नेछ। कम्पनीले अहिले सर्भिस सेन्टर निर्माण थालिसकेको छ।

सम्झौतासँगै नेपालमा भारतबाट आउने एमजी गाडीको मार्केट सेयर अत्याधिक रूपमा बढ्ने अनुमान गरिएको छ।

सम्झौतासँगै नेपालमा एमजी गाडीको दुई वटा आधिकारिक बिक्रेता भएका छन्। यसअघिको आधिकारिक बिक्रेता पारामाउन्टले चीनबाट ल्याउने र नयाँ आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले भारतबाट ल्याउने हुन्छ।

भारतबाट अहिले नयाँ कम्पनीले हेक्टर, विन्सर र कोमेट गाडीहरू ल्याउन पाउँछ भने पुराना कम्पनीले चीनबाट एमजी एस ५, एमजी ४ जस्ता गाडीहरू ल्याउन पाउँछ।

भारतमा एमजी ब्रान्डका गाडीहरू अहिले जेएसडब्लु एमजी मोटर्स इन्डियाले बिक्री गरिरहेको छ। यो कम्पनी भारतको जेएसडब्लु ग्रुप र चीनको सायक मोटरबीचको संयुक्त लगानी हो।