काठमाण्डु– लगातार घटेको सुनको भाउ बुधबार बढेको छ । यसदिन सुनको भाउ तोलामा १४ हजार ६ सय रुपैयाँले बढेको हो ।
हिजो आज २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ८८ हजार ५ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य भने तोलामा ४१५ रुपैयाँले बढेर ४ हजार ९२० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।




प्रतिक्रिया