काठमाण्डु– प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सांसद केसीलाई शपथ गराएका हुन्।
आज शपथ लिएका केसीले भोलि प्रतिनिधिसभामा निर्वाचित २७४ सांसदलाई शपथ खुवाउनेछन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावमा निर्वाचित २६५ सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन् ।
प्रतिनिधिसभामा प्रत्यक्षबाट १६५ र समानुपातिक तर्फबाट ११० जना निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सांसद केसी समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन् ।
केसीले प्रतिनिधिसभामा निर्वाचित सांसदलाई बिहीबार पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम तय भएको छ ।
केसीले प्रतिनिधिसभामा निर्वाचित बाँकी २७४ सांसदलाई बिहीबार दिउँसो २ बजे सिंहदरबार पुतली बगैँचामा निर्मित बहुउद्देश्यीय हलमा पद तथा गोपनियताको शपथ खुवाउने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।




प्रतिक्रिया