५ वटा दमकल ल्याएर इटहरीकाे क्याफेमा लागेको आगो निभाइयो

५ वटा दमकल ल्याएर इटहरीकाे क्याफेमा लागेको आगो निभाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सुनसरीको इटहरीस्थित पूर्वाञ्चल बेकरी क्याफेमा भएको आगलागी नियन्त्रणमा आएको छ ।

बिहान करिब १० बजेदेखि सुरु भएको आगलागी मध्यान्नमा नियन्त्रणमा आएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । आगलागी कसरी भयो भन्नेबारे भने अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि सुनसरीका धरान, रामधुनी, इनरुवा तथा मोरङका विराटनगर र सुन्दरहरैंचा लगायत स्थानीय तहका बारुणयन्त्र परिचालन गरिएको थियो । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको हो ।

इटहरी उपमहानगरपालिकाको आफ्नै बारुणयन्त्र भने यसअघि जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएकाले अन्य स्थानीय तहबाट दमकल मगाउनुपरेको थियो ।

आगलागीबाट भएको क्षतिको विवरण भने हालसम्म सार्वजनिक भएको छैन ।