काठमाण्डु– बुधबार सेयर बजार ओरालो लागेको छ । यसदिन नेप्से २४ अंकले घटेर परिसुचक २९३५मा पुगेको छ ।
यसदिन १५ अर्बको कारोबार भयो ।
कारोबारमा आएका ४५ कम्पनीको मूल्य बढेको छ भने २१३ कम्पनीको घटेको छ । यस्तै ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार रकमका आधारमा यसदिन ङादी ग्रुप, अपि पावर, शिभम् सिमेन्ट, सुपर मादी हाइड्रो, र एसवाई प्यानल अगाडि रहे ।
आज रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रो, सोलु हाइड्रो,भुजुङ हाइड्रो, होटल फरेस्ट इन र पञ्चकन्या माइ हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
यसदिन उत्पादन प्रशोधन र व्यापार बाहेकका सबै सुचक घटेका छन् ।




प्रतिक्रिया