रवि लामिछानेको मुद्दा आजपनि हेर्दाहेर्दैमा

रवि लामिछानेको मुद्दा आजपनि हेर्दाहेर्दैमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ताविरुद्धको रिट हेर्दाहेर्दैमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको इजलासमा सोमबारदेखि सो रिट हेर्दाहेर्दैमा राखेर सुनुवाइ भइरहेको छ।

बिहीबार पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । आइतबार फेरि सुनुवाइ हुनेछ।

महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।

सर्वोच्चले यसअघि महान्यायाधिवक्ता कार्यालयको मुद्दा फिर्तासम्बन्धी निर्णयको कागजात मगाइसकेको छ ।