भोलि हुने भनिएको एन्फा निर्वाचन स्थगित

भोलि हुने भनिएको एन्फा निर्वाचन स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन स्थगित भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निलम्बनमा परेपछि भोलि शुक्रबार हुने भनिएको निर्वाचन स्थगित भएको हो ।

एन्फा निर्वाचन समितिले बिहीबार एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्म निर्वाचन स्थगित गरिएको जनाएको हो ।

राखेप कार्यकारी समितिको बुधबारको बैठकले निर्देशन पालना नगरेको भन्दै पंकज विक्रम नेम्बाङ नेतृत्वको एन्फामाथि ३ महिनासम्मका लागि निलम्बन गरेको थियो ।

राखेपले स्वीकृतीबिना निर्वाचन नगर्न भन्दै एन्फालाई पटकपटक पत्र काटेको थियो । तर, एन्फाले निर्देशन अवज्ञा गर्दै चैत १३ गते नै जसरी पनि निर्वाचन गर्ने अडान राखेपछि राखेपले निलम्बन गर्नेसम्मको निर्णय गरेको हो ।