अमरेश उद्योग मन्त्री नबन्ने, बालेन आफैंले राख्ने

अमरेश उद्योग मन्त्री नबन्ने, बालेन आफैंले राख्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अमरेश कुमार सिहंले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लिन अस्वीकार गरेका छन् । बालेन शाह नेतृत्वको मन्त्रिपरिषदबाट सिंहलाई उद्योग मन्त्रालय दिने भनिएकोमा उनी आफैले उक्त मन्त्रालय लिन अस्वीकार गरेका हुन् ।

उद्योग र रक्षा मन्त्रालय बालेनले आफैंसँग राखेका छन् ।

सिहं सर्लाही क्षेत्र नम्बर ४ बाट कांग्रेसका सभापति गगन कुमार थापालाई हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

निर्वाचनमा सिंह ३५ हजार ६८८ मत प्राप्त गरी विजयी हुँदा कांग्रेस सभापति थापाले २२ हजार ८३१ मत मात्रै प्राप्त गरेका थिए। सिंह सर्लाही ४ नम्बर क्षेत्रमै पर्ने बलराका स्थायी बासिन्दासमेत हुन्।